अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को तयार गरिएको प्रतियोगिता नियमावली सार्वजनिक

अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को तयार गरिएको प्रतियोगिता नियमावली सार्वजनिक

धनगढी : कैलालीको धनगढीमा सुरु हुने विद्यालय स्तरीय मृग गार्मेन्ट उद्योग लिटिल फ्लावर सुपर लिग अन्तर विद्यालय फुटबल प्रतियोगिता २०७५ को तयार गरिएको प्रतियोगिता नियमावली सार्वजनिक गरेको छ ।

धनगढीमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी तिव्र रुपमा भईरहेको र अहिले सम्म ७० प्रतिशत तयारी पुरा भएको जानकारी दिएकोे छ । प्रतियोगितामा धनगढी र अत्तरियाका गरि कुल १२ टिमको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।

विगतका बर्षहरुमा लिटिल फ्लावर प्रिमियर लिग अन्तर विद्यालय क्रिकेट प्रतियागिता गर्दै आएको लिटिल फ्लावर बोर्डिङ हाई स्कुलले यो बर्षबाट फुटबल प्रतियोगिता पनि सञ्चालन गर्न लागेको हो ।

उक्त प्रतियोगिता धनगढीको क्षेत्रिय रंगशालामा फागुन १३ गतेदेखि १८ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितालाई चटकपुरमा रहेको मृग गार्मेन्ट उद्यागले मुख्य प्रायोजन गर्ने भएको छ ।

जिल्ला फुटबल संघ संग आबद्ध मान्यता प्राप्त रेफ्रीहरु द्धारा फिफाको नियम बमोजिम सञ्चालन गरिने छ भने लिग नकआउट बेसिसमा सञ्चालन हुने जनाएको छ । प्रतियोगिताको विजेताले नगद ३० हजार  र उप विजेताले १५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने जनाएको छ ।  

उत्कृष्ट खेलाडीले नगद तिन हजार सहित ट्रफि ,मेडल र प्रमाणपत्र पाउने आयोजकले जानकारी दिएको छ । विद्यालय स्तरमा धेरै प्रतिभा हुने भएकाले ति लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने यो प्रतियोगिताका मुख्य उद्धेश्य रहेको लिटिल फ्लावर हाई स्कुलका प्रन्सिपल रामचन्द्र शाहीले बताए ।

उनले आगामी बर्षहरुमा पनि यस प्रतियोगिता लाई निरन्तरता दिने बताउनुभयो  । थ्रि स्टार बोर्डिङ स्कुलका फुटबल क्याप्टेन शौरभ सिँह ले यो प्रतियोगिताले आफु जस्ता फुटबलमा भविष्य खोज्ने युवा खेलाडीका लागि सुनौलो अवसर प्रदान गरेको बताए ।