वातावरण संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल

वातावरण संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल

धनगढी : प्रदेश सभाको आजको बैठकमा वातावरण संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सो विधेयक माथि सामान्य छलफल प्रारम्भ होस भनि पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सासंदहरुले विधेयकको सैद्धान्तिक पक्षमाथि आफ्नो धारणा राखेका छन् ।

विधेयको सैद्धान्तिक पक्षबारे बोल्दै नेकपाका सासंद महेश दत्त जोशीले संघ, प्रदेश र स्थानीय तहको संयुक्त अधिकार क्षेत्र भित्र पर्ने गरी वातावरण संरक्षण सम्बन्धमा ऐन बनाउन पाइने संविधानको प्रावधानमा टेकेर विधेयक आएको बताए । उनले वातारण संरक्षण गर्ने विषय पनि विकासमैत्री हुनुपर्ने बताउनुभयो । 

यस्तै नेकपाकै सासंद बलदेव रेग्मीले वातावरणसित प्रतिकूल हुने गरी भइरहेका गतिबिधि नियन्त्रण गर्न पनि वातावरण ऐन आवश्यक रहेकोले वातावरण विधेयक पारित भएपछि प्रदेशमा वातावरण संरक्षणका लागि बाटो खुल्ने बताए । 

नेकपाकै सासंद तथा प्रदेश सभाको अर्थ विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले वातावरण संरक्षणका लागि विधेयक महत्वपूर्ण भएकोले विधेयक पेश गरेकोमा वातावरण मन्त्रालयलाई धन्यवाद दिए । 

वाताबरण संरक्षण समबन्धमा बयवस्था गर्न बनेको विधेयक माथि थप छलफल गर्न १ सय २० घण्टा समय पर्खनु पर्ने प्रदेश सभा नियमावलीको ब्यवस्था अनुसार आइतबारको बैठकमा थप छलफल हुने सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभालाई  जानकारी दिए ।

यस्तै प्रदेश सभाको अजको बैठकले सुदूरपश्चिम प्रदेशमा सुशासन प्रत्याभूत गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाउने प्रस्ताव पारित गरेको छ।

सभामुख अर्जुन बहादुर थापाको अनुमतिले आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले सभा समक्ष विधेयक माथि दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो ।