पक्राउ परेका तिरुवा दाजुभाइलाई कोहलपुर पठाइयो

पक्राउ परेका तिरुवा दाजुभाइलाई कोहलपुर पठाइयो

कञ्चनपुरबाट बरामद गरिएको २३ किलो सुन सहित पक्राउ परेका तिरुवा दाजुभाइलाई कोहलपुर पठाईएको छ।

हिजो कञ्चनपुरको पुर्नबास नगरपालीका बाट १८ किलो र शुक्लाफाटा नगरपालीका बाट ५ किलो ६ सय ग्राम प्रहरीले बरामद गरेको हो ।

बरामद भएको सुन सहित ३३ वर्षीय लक्ष्मण तिरुवा र २८ वर्षीय सुरज तिरुवालाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग कोहलपुर पठाएको प्रहरीले जानकारी दिएको छ ।