बलात्कारको अभियोगमा प्रहरी हवल्दार पक्राउ

बलात्कारको अभियोगमा प्रहरी हवल्दार पक्राउ

एक महिलालाई बलात्कार गरेको अभियोगमा दाङमा प्रहरीले एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ ।  इलाका प्रहरी कार्यालय फूलबारीमा कार्यरत प्रहरी हवल्दार गम्भीर चन्दलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । 

बिहीबार राति स्थानीय एक महिलालाई करणी गरेको अभियोगमा चन्दलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक भिमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित महिलाको मेडिकल जाँच गर्ने, जाहेरी लिने काम भैरहेको छ । घटनाका अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आफू प्रहरी भएको बताउँदै ढोका खोल्न लगाएर मुख थुनेर ती महिलालाई बलात्कार गरेका दाबी पीडितको छ । चन्दको स्थायी घर कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर १८ हो ।