नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा धनगढी उप–महानगरपालिका देशमै पहिलो

नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा धनगढी उप–महानगरपालिका देशमै पहिलो

धनगढी उप–महानगरपालिकाले नगरविकास कोषबाट संचालित योजनाहरुको सम्पादनमा देशमै पहिलो भएको छ ।नगरविकास कोषले देशमा रहेका २ सय १७ वटा नगरपालिकाहरु मध्य धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ठ भएको हो ।

नगरविकास कोषले आफ्नो ३१ औं बार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरिएको हो ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई बार्षिकोत्सव कार्यक्रममा सम्मानपत्र ग्रहण गरेका थिए । शहरी विकास मन्त्री महम्मद इश्तियाक राईले प्रमाणपत्र प्रदान गरेका थिए ।

शहरी विकास मन्त्री राईले धनगढी उप–महानगरपालिकाबाट सबैले सिक्नुपर्ने बताए । उनले भने,‘ स्थानीयतह बिच राम्रा सिकाईहरु हस्तान्तरण गरिनुपर्ने बताए । उक्त सम्मानले आफुहरुलाई थप हौसला प्राप्त भएको नगरप्रमुख वडले बताए ।