हराउछ्न दोष सबै सुन्दरतामा पनि
हेर्ने नजर फरक हुन्छ आखाँमा पनि।
पत्यार लाग्दैनभने नियाल आकाशमा
कसरी दबेको छ दाग चन्द्रमामा पनि ।
समाजको शिक्षित ब्याक्तीले पनि यहा
छुवाछूत गरेर देखाउछ्न धारामा पनि ।
सानो छ भनेर कसैलाई पनि हेला नगर्नु
संसार जलाउने शक्तिहुन्छ झिल्कामा पनि ।
उसलाई भुल्न खोज्छु म मदिरा पिएर
तर झस्काइरहन्छ आएर सपनामा पनि।
चाहे छुरा रोप चाहे पराइको बनेर जाउ।
हजारौं गल्ती छुट हुन्छ्न मायामा पनि।
ईश्वर कुँवर साफे
धनगढी ,कैलाली