उपत्यकासहित देशभरीकै मौसम अहिले बदली भएको छ । पश्चिमी वायुको प्रभावले शनिबारसम्म बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबारदेखि नै देशभरको मौसम बदली भई केही ठाउँमा पानी परेको मौसमविद् राजु प्रधानाङगले जानकारी दिनुभयो ।
मौसमविद् प्रधानाङ्गका अनुसार बिहीबारदेखि सक्रिय यो प्रणाली आउँदो आइतबारदेखि मात्रै कमजोर हुने देखिएको छ ।
यसकै प्रभावले शुक्रबार देशभरी कै मौसम खुल्ने सम्भावना छैन । केही ठाउँमा मौसम खुलेपनि एकैछिनमा बदली हुनेछ । शुक्रबार देशका धेरै ठाउँमा पानी पर्नेछ ।
यस्तै, उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँको अनुमान छ । तर गएको शुक्रबार र शनिबारको जस्तो ठूलो वर्षा र भारी हिमपातको संभावना भने नरहेको उहाँले बताउनुभयो ।