भरुवा बन्दुक सहित एकजना पक्राउ

भरुवा बन्दुक सहित एकजना पक्राउ

अछाम : अछाममा भरुवा बन्दुक सहित एकजना पक्राउ परेका छन्। जिल्लाको तुर्माखाद गाउपालिका ३ भैरवस्थानका ५२ बर्षिय पदम बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो। बुढाको घरमा बन्दुक रहेको आसङ्कामा प्रहरीले छापा हानेको थियो।

ईलाका प्रहरी कार्यालय बिनायक र प्रहरी चौकी भैरवस्थानको प्रहरी टोलिले १ थान बरुवा बन्दुक र त्यसमा लाग्ने ५ थान नाल बरामद गरेको हो।

'बन्दुक राखेकाे आशंकामा हामीले छापा हान्यौ, हतियार भेटियो' बिनायक प्रहरी प्रमुख प्रनानी तिलक कलौनिले भने, 'हतियार भेटियो बुझ्दै जादा इजाजत लिएको रहेनछ।' 

पक्राउ परेका बुढालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहिले बताए।