कुरिति विरुद्ध जनचेतना फैलाईदै

कुरिति विरुद्ध जनचेतना फैलाईदै

बझाङ : बझाङ जिल्लामा हुने गरेका कुरिति तथा कुसंस्कार विरुद्ध जनचेतना फैलाउने काम तिब्र रुपमा भै रहेको छ ।

जिल्लाको सदरमुकाम चैनपुर तथा ग्रामिण बस्तिहरुमा हुने कुरिती तथा कुसंस्कार विरुद्ध स्थानिय कलाकारहरुले आफु रोएर दर्शकहरुलाई हसाएर जनचेतना फैलाउने काम गर्दै आएका छन् ।

बुधबार बझाङ जिल्लामा रहेको लैङ्गीक हिंसा नियन्त्रण संजाल समितीको आयोजना तथा जयपृथ्वी नगरपालिकाको सहयोगमा चैनपुरको चौराहमा स्थानीय कलाकारहरुले सडक नाटक प्रदर्शन गरेका हुन् ।

चैनपुरको विच चौराहमा सडक नाटक हेर्नका लागि सायौ मानिसहरुको भिड लागेको थियो । सडक नाटक हेर्ने सबै ब्यक्तीहरुको अनुहारमा हाँसो छाएको भए पनि कलाकारहरु भने केहि रिसाउदै र केहि धर धरि रोई रहेका थिए ।

सडक नाटकमा बाल विवाह, महिला माथि हुने हिंसा , छाउपडी प्रथा, बहु विवाह सासुले बुहारीलाई गर्ने हिंसा, श्रीमानले श्रीमति तथा छोरी बुहारीलाई गर्ने हिंसा आदीका बारेमा र कानुनी कुरा तथा यसले पार्ने सामाजीक, आर्थिक, शारिरिक अबस्थाका बारेमा सडक नाटक प्रदर्शन गरिएको जिल्ला प्रहरी कार्यलय बझाङका निमित्त कार्यलय प्रमुख प्रहरी निरीक्षक जनक बहादुर धामिले बताए ।