नेपाललाई म्यानमारसँग बदला लिने अवसर

नेपाललाई म्यानमारसँग बदला लिने अवसर

नेपाल अहिले घरेलु मैदानमै आयोजना हुन लागेको पाँचांै महिला साफ च्याम्पियनसिप फुटबलको तयारीमा छ ।

साफकै तयारीका लागि भारतीय फुटबल फेडेरेसनले भुवनेश्वरमा चार राष्ट्रबीचको हिरो महिला गोल्डकप फुटबल आयोजना ग¥यो ।

साफ खेल्ने दुई टोली नेपाल र भारतसहित म्यानमार र इरानले प्रतियोगितामा सहभागिता जनायो ।

नेपाली टोलीका प्रशिक्षक हरि खड्काले साफको तयारीका लागि अनुभव बटुल्ने प्रतियोगितामा राम्रो अनुभव प्राप्त भएको बताए ।

नेपाली टोलीले उच्च प्रदर्शन गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको छ । नेपालले उपाधिका लागि शुक्रबार बलियो म्यानमारसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजेपछि कालिंगा रंगशालामा हुनेछ ।

नेपाल प्रतियोगिताको पहिलो खेलमै म्यानमारसँग ३–० ले निराश बनेको थियो । त्यसपछि खेलको खेलमा नेपालले भारतलाई २–१ ले तथा इरानलाई ३–० ले पराजित गरेको थियो । भारतविरुद्धको जित नेपालको लागि ऐतिहासिक बनेको थियो । नेपाली सिनियर महिलाले टोलीले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको थिएन ।

नेपाल शुक्रबार म्यानमारविरुद्ध समूह चरणको भोगेको हारका बदला लिने लक्ष्यसहित मैदान उत्रनेछ ।

सुरुवाती खेलमा केही तालमेल नमिल्दा गोल खान पुगेको नेपाली टोलीले त्यसलाई सुधार गर्दै फाइनलसम्म पुग्न सफल भएको छ ।

पछिल्लो दुई खेलमा जस्तै उत्कृष्ट खेल पस्किए नेपालले म्यानमारको चुनौती पन्छाउने प्रशिक्षक खड्का दावी गर्दछन् ।

‘फाइनलमा नेपालले समूह चरणका भोगेको नमिठो हारलाई बिर्साउने योजनामा हुनेछ ।’ उनले भने । फिफा वरीयतामा म्यानमार ४४औं स्थानमा तथा नेपाल १०८औं स्थानमा छ ।