सादा पोसाकका प्रहरी र उनका भाई प्रकाउ

सादा पोसाकका प्रहरी र उनका भाई प्रकाउ

कञ्चनपुरको पुनर्बास नगरपालिका–२, दशरथबस्तीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले १८ किलो सुन बरामद गरेको छ ।

सुनसंगै दुई जनालाई पनि पक्राउ गरिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट सुन भारतबाट ल्याइएको देखिएको जनाएको छ । दशरथबस्तीमा घरको भित्री कोठामा खाल्डो भित्र लुकाइराखेको अवस्थामा सुनका बिस्कुट फेला परेको हो । प्रहरीले पक्राउ परेका ब्यक्तिबारे अनुसन्धान भइरहेकोले नाम बताउन नमिल्ने जानकारी दिएको छ । प्रहरीले सुन भेटिएका घरधनिको समेत नाम बताउन चाहेको छैन् । दशरथबस्तीका स्थानीय बासिन्दाले दिएको जानकारी अनुसार सो घर शंकर विकको हो ।

समाचार स्रोतका अनुसार पक्राउ पर्नेमा एक जना प्रहरीकै जवान हुन् । प्रहरी जवान नै पक्राउ परेकाले प्रहरीले उनीबारे जानकारी दिन नचाहेको हो।

स्रोतका अनुसार कैलालीमा कार्यरत प्रहरी जवान सुरज तिरुवा र भारतमा गाडी चालकको काम गर्ने सुरजकै भाई लक्ष्मण तिरुवा पक्राउ परेका हुन् । सुन लुकाइएको घर प्रहरी जवान सुरजको ससुराली घर हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको कार्यक्षेत्र भए पनि त्यहाँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवर खटिएका थिए ।

कञ्चनपुरको चर्चित निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गरिरहेको यो टोलीले पुनर्वासमा तस्करीको सुन लुकाइएको बारे सुराक पाएको थियो । आज दिउँसो टोलीले शंकास्पद घरमा गएर छापा मार्दा सुरुमा केही भेटिएन ।

तर, एउटा कोठामा राखिएकोे ठूलो परिणामको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखिएपछि त्यही ठाउँमा खन्दा माटोमुनि लुकाइएको अवस्थामा सेतो प्लाष्टिकको बारेमा लुकाइएको सुन फेला परेको हो ।

बोरामा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।बरामद सुनका मालिक भारतीय नागरिक रहेको र उनी दिल्लीमा बस्ने गरेको बताइएको छ ।

काठमाण्डौं बाहिर यति ठूलो परिमाणमा सुन समातिएको पहिलो पल्ट हो । सुनसंगै पक्राउ परेकाहरुसित बरामद बाहेक अझै पनि सुन हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

तेस्रो मुलुकबाट आएको सुन नेपाल हुँदै भारत जान्छ, त्यसकारण यो पनि सुनौली नाकाबाट आएको भनि आशंका गरिएपनि नेपालबाट नै भारत तर्फ पठाउन लागिएको सुन हुन सक्ने पनि प्रहरीले जनाएको छ ।

यसअघि पनिप्रहरीले कञ्चनपुरको सीमा नाका गड्डाचौकीबाट आधा किलो अवैध सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।