हिन्दु महासम्मेलन बिराट महायज्ञ २०७५ शिबपुरी धाममा सुरु

हिन्दु महासम्मेलन बिराट महायज्ञ २०७५ शिबपुरी धाममा सुरु

धनगढी : धनगढीको उत्तरबेहडीस्थित शिबपुरी धाममा आजबाट श्रीमदभागवत प्रवचन, तथा हिन्दु महासम्मेलन बिराट महायज्ञ २०७५ शिबपुरी धाममा सुरु भएको छ । महायज्ञको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका छन ।

सो अवसरमा मुख्यमन्त्री भट्टले शिबपुरी धाम सुदुर पश्चिमकै महत्वपुर्ण धार्मिक स्थल भएको बताउनु भएको छ । उनले शिबपुरी क्षेत्रको प्रचार प्रसार र बिकास गर्नका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले नागरिकले आफनो धर्मसँगै अरुको धर्मलाई समेत सम्मान गर्नु मानबता भएको बताए । धर्मसित पर्यटनलाई जोडेर आर्थिक विकास गर्न सकिने मन्त्री बाहेराले बताए ।

उनले शिबपुरी धामको बिकास गर्नका लागि प्रदेश सरकार ले एक करोड बजेट विनियोजन गरेको बताउदै आगामी दिनमा पनि शिबपुरी क्षेत्रको बिकासका लागि आवश्यकता अनुसार सहयोग गर्ने बताए । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले शिबपुरी धामको प्रचार प्रसार गर्न प्रदेश सरकारले महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताए ।

उहाँले शिबपुरी धामको बिकास र प्रचार प्रसार गर्नको लागि र पर्यटक भित्र्याउन को लागि सडक विस्तार गर्नुपर्ने बताए । उनले शिबपुरी धामको बिकास गर्न सके कैलाली मात्र नभएर सुदुर पश्चिम प्रदेशको नै बिकास हुने बताए । 

धनगढी उपमहागरपालिका का उपप्रमुख सुशिला मिश्र भट्टले शिबपुरी धामको बिकास का लागि धनगढी उपमहानगरपालिका निरन्तर रुपमा लागि रहेको बताइन् । उनले शिबपुरी धाम यस क्षेत्रको बिकास का लागि प्रदेश सरकार र उपमहानगरपालिका मिलेर काम गर्नुपर्ने बताइन् ।

यस्तै शिबपुरी धामका अध्यक्ष श्याम सुन्दर तायलले शिबपुरीधाम को लागि सबैले आ–आफ्नो ठाउँ बाट सहयोग गर्नु पर्ने बताए । उनले शिबपुरी धाम लाई गिनिज बुक अफ रेकर्डमा समेत दर्ता गर्ने प्रयासमा गरिरहेको बताए । महायज्ञ सञ्चालन गर्नुको प्रमुख उद्देश्य समाजमा रहेको अन्धविश्वासको अन्त्य गर्ने र धामको बिकास गर्ने रहेको बताए । 

फागुन १३ गते सम्म सञ्चालन हुने श्रीमदभागवत प्रवचन गणेश पुराण अनुष्ठान प्राणप्रतिष्ठा महोत्सव तथा हिन्दु महासम्मेलन बिराट महायज्ञमा विभिन्न कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ । दर्शालु भक्तजनले कार्यक्रममा आएर महायज्ञलाई सफल र शिबपुरी धामको लागी सहयोग गरिदिन समेत आयोजकले आग्रह गरेको छ ।