सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको फाइनलमा

सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको फाइनलमा

नेपालका युवा खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्स बिग ब्याश लिगको फाइनलमा प्रवेश गरेको छ । 

आज भएको खेलमा सन्दीपको टिमले होबर्ट हरिकन्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेकाे हाे।पहिले ब्याटिङ गरेको होबर्टले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो ।

जसमा नेपाली बलर सन्दीपले चार ओभरमा ३१ रन खर्चिँदा विकेट लिन सकेनन् । उनी केही महँगो पनि सावित भए । जवाफमा मेलबर्नले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

मेलबर्नको जितमा कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए भने एडवार्ड गोचले अविजित ३३ रन बनाए । एडवार्ड गोचले छक्का प्रहार गर्दै खेल जिताएका थिए ।

त्यस्तै पिटर ह्यान्ड्सकम्बले ३५ रन बनाए भने मार्कस स्टोइनिसले १८ तथा म्याडिन्सनले पनि समान १८ रन नै जाेडे ।