विदेशमा पसिना चुहाएर आफ्नो जन्म भुमिको लागी केही गर्नु पर्छ भन्ने उद्देश्यले अछाम जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ६ तल्लो दुनिका युवाहरु एक पछि अर्को सहयोग गर्दै आएका छन ।
आफ्नो समाजको बिकास र परिबर्तन का लागि युवाहरुले नै एक जुट भएर लाग्नु पर्ने उनीहरुले बताएका छन । अशक्त, असहाय, दुखमा परेका ब्यक्ति लाई सहयोग गर्नु र भौतिक सरचना हरुलाइ पनि ध्यान राखेर उनीहरु सहयोग गर्दै आएका छन ।
राजनीतिक दल र सरकारले गर्नु पर्ने काम युवाहरुले केही वर्ष यता निरन्तर रुपमा गरिरहेका छन । केही महिना अगाडी दुनीमा रहेको देबि माण्डौ माबिलाइ डेस्क र बेन्च हस्तान्तरण र अशक्त टेक साउद लाई ५० हजार सहयोग गरेका थिए ।
सहयोगलाई निरन्तरता दिने क्रममा फेरु करेन्ट लागेर दुइहात र एक खुट्टा गुमाएका बाके जिल्लाका बुद्धिमान कुवर लाइ ३५ हजार सहयोग गरेका छन । करेन्ट लागेर दुइहात र एक खुट्टा गुमाएका बाके जिल्लाका बुद्धिमान कुवर लाई उनीहरुले सहयोग गरेका हुन ।
दीपक खड्काले आठ हजार, पुरन खड्का दुई हजार चार सय, धनगिरी बिक दुई हजार चार सय, जनक खड्का तिन हजार, प्रेम खड्का दुई हजार चार सय, हर्क खड्का तिन हजार, डबल बिक दुई हजार चार सय, भान बहादुर खड्का दुई हजार पाच सय, शंकर आउजी एक हजार छ सय, कालू सिङ खड्का दुई हजार चार सय र सिद्ध खड्काले तिन हजार चार सय गरी जम्मा ३५ हजार एक सय सहयोग हस्तान्तरण गरेका छन ।