साईबर क्राईमको आरोपमा डोटीमा एक किसोरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।सामाजिक संजालबाट आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै अन्य व्यक्तिहरु संग अश्लील कुराहरु गर्ने र अश्लील व्यवहार गर्छु भन्दै अश्लील कुराहरु समाजिक संजाल मार्फत गर्ने गरेको भन्दै उनका नाममा पिडित महिलाले अपराध महाशाखा काठमाण्डौमा मुद्धा हालेका थिए ।
पिडित किसोरीको निबेदनका आधारमा आरोपित किसोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचन अधिकारी प्रहरी नायब उपरिक्षक लाल वहादुर धामीले जानकारी दिनुभएको छ ।
घटनाको संबेदनशिलतालाई मध्येनजर गरि अरोपी र पिडितको नाम गोप्य राखिएको बताईएको छ । आरोपिलाई अपराध महाशाखा काठमाण्डौ पठाउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।