कञ्चनपुरको पुनर्वासमा १८ किलो सुन बरामद

कञ्चनपुरको  पुनर्वासमा १८ किलो सुन बरामद

कञ्चनपुर :  कञ्चनपुरको पुर्नवास मा प्रहरीले आज बिहान पुनर्वास नगरपालीका वडा नम्बर २ दशरथ बस्तीबाट १८ किलो सुन बरामद गरेको छ ।

काठमाडौबाट आएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीको संयुक्त टोलीले आज बिहान खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा भेटीएको  कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले जानकारी दिनुभयो । 

पुनर्वासको वडा नम्बर २ दशरथ बस्ती स्थित शंकर बि.क.को घरवाट सुनका १०८ वटा सिक्का प्राप्त भएको र सो जोख्दा तौल १८ किलो भएको पुनर्वास २ का वडाध्यक्ष सन्त कुमार चौधरीले जानकारी दिनुभयो ।  हाल उक्त सुन नियन्त्रणमा लिएर  थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 सुनसँगै दुई जनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरुको नाम भने खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिलाई कैलालीको जिल्ला प्रहरी कार्यालयतर्फ ल्याइँदैछ ।