प्रधानमन्त्रीले गरे पानी जहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्रीले गरे पानी जहाज कार्यालयको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश पानी जहाजको युगमा प्रवेश गरेको दावी गरे । उनले भने, नेपालको राष्ट्रिय ध्वजा बाहक पानी जहाज छिट्टै चल्छ 

उनले पानी जहाज कार्यालय जागीर खुवाउनका लागि नभई देशलाई एक कदम अघि बढाउनका लागि खुलेको स्पष्ट पारे ।

कार्यक्रममा भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।