अत्तरियाको लगातार दोस्रो जित

अत्तरियाको लगातार दोस्रो जित

धनगढी प्रिमियर लिग ९ डिपिएल ० मा लगातार दोस्रो जित हासिल गर्ने क्रममा सिवाईसी अत्तरिया ले रुपन्देही च्यालेंजर्स लाई३९ रनले पराजित गरेको छ ।

अत्तरिया ले १ सय २२ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ्ग गरेको रुपन्देही ले २० ओवर मा अलआउट हुदै ८२ रनमा सिमित भएपछि सिवाईसी अत्तरिया ले रुपन्देही माथि शानदार तरिकाले जितेको हो ।

सिवाईसी अत्तरियाको कसिलो बलिङ्ग सामु रुपन्देहीका कुनै ब्याट्सम्यान ले खुलेर खेल्न नसक्दा झिनो लक्ष्य पनि रुपन्देही ले भेटाएन सकेन । रुपन्देही का लागि ओपनर प्रदिप एरि र सन्दिप सुनार ले क्रमश स्१४ र १५ रन बनाएर आउट भएपछि रुपन्देही को बिकेट पतन को सिलसिला सुरु भएको थियो । दुई विदेसी खेलाडि बाबर हायात र पुनित महरा लाई सुन्य रनमा गुमाएपछि टिम झनै दबाब मा आएको थियो ।

यसैमा बिनोद भण्डारी ले १० रन भने थपे । यसबिचमा बाकि रहेका ब्याट्सम्यान ले दोहोरो अंक जोडन नसकेपछि टिमले लज्ज्जासपद हार व्यहोरेको हो ।
यस्तै टिमका लागि सनि पटेल ले पनि १२ रनको योगदान गरेका थिए । यस्तै बिक्रम सोब ले १४ र सुमित महर्जन ले अविजित २२ रन बनाए ।

बलिङ्ग तर्फ सिवाईसी अत्तरिया का लागि दिपेन्द्र रावत , दिपेन्द्र सिह एरि भुवन कार्की र सनि पटेल ले समान २र२ बिकेट लिए ।भने कमल सिह एरि ले पनि १ बिकेट चट्काए ।

यसअघि फाप्ला क्रिकेट मैदान मा आज सिवाईसी अत्तरिया ले टस जितेर पहिले ब्याटिङ्ग गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेटको क्षतिमा १ रन २१ बनाएको छ थियो ।

अत्तरिया ले टिमको स्कोर १६ रन हुदा सुरुवाती महत्वपुर्ण दुई ब्याट्सम्यान जय किशन कोल्सावाला लाई १ रन र सुभेन्द्रु पाण्डेय लाई १२ रनमा गुमाएको भएपनि रित गौतम र टिमका कप्तान समेत रहेका दिपेन्द्र सिह एरि बीच तेस्रो विकेट का लागि ५७ रनको साझेदारी हुन् पुग्दा टिमले गतिलो सुरुवात गरेको थियो । रित गौतम १२ रन बनाएर रन आउट हुन् पुगे भने दिपेन्द्र सिह एरि ले प्रतियोगीता को हालसम्मै ठुलो स्कोर बनाउने क्रममा ६७ रनको पारि खेले ।


बलिङ्ग तर्फ रुपन्देही का लागि ललित भण्डारी ले सर्बाधिक ३ बिकेट लिए यस्तै बिक्रम सोब २ बिकेट हात पारे भने बसन्त रेग्मी र पुनित महरा ले पनि समान १/१ विकेट लिन सफल भएका थिए ।


जारि प्रतियोगिता मा रुपन्देही ले यसअघि खेलेका दुई खेलमा लगातार जित निकाल्दै शानदार सुरुवात गरेको थियो । पहिलो खेलमा महेन्द्रनगर माथि रोमाञ्चक खेलमा २ रनले बिजयी हासिल गरेको रुपन्देही ले दोस्रो खेलमा बिराटनगर किग्स लाई ५ विकेट ले पराजित गरेको थियो ।यस्तै सिवाईसि ले पहिलो खेल मा धनगढी स्टार्स लाई ५ रनले पराजित गरेको थियो ।