बालिका बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

बालिका बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

डोटीमा १५ वर्षीया किशोरीमाथि जवरजस्ती करणी उद्योगको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । जोरायल गाउँपालिका–४ घाड भन्ने गाउँका ‘हिरे’ भनेर चिनिने ४८ वर्षीया खडकबहादुर मगरलाई  प्रहरीले पक्राउ गरेको छ ।

घरमा एक्लै भएको मौका छोपी सोमबार राति करिब १० बजेको समयमा जवरजस्ती करण गर्न खोजेको पीडित पक्षले इलाका प्रहरी कार्यालय जोरायलमा जाहेरी दिएपछि मंगलबार बेलुकी नै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पीडित बालिकाको बयानका आधारमा घरमा एक्लै सुतिरहेको बेलामा मगरले बालिकामाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो ।

उनले यसअघि गएको साउनमा पनि बालिका बलात्कारको प्रयास गरेको र संवेदनशील अंगमा हात हालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।