‘मेरी छोरीलाई जस्तो अरुकी छोरीलाई नहोस्’

‘मेरी छोरीलाई जस्तो अरुकी छोरीलाई नहोस्’

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका ११ कटानकी २१ वर्षिया माया विक घर परिवारकी मात्रै नभएर समाजकै एक्ली छोरी थिईन्।

उनका बुबाका तीन भाईबाट पनि छोरी छैनन्। १० परिवार रहेको कटान बस्तीमा अधिकाश परिवार गरिव छन। पढे लेखेका छैनन।  उक्त समुदायका अधिकाश मानिसहरु छाक टार्नका लागि भारतमा रोजगारी गर्छन्।

अधिकाश अशिक्षित समुदायको बसोबास रहेको टोलमा मायाले मात्रै एसएलसी पास गरेकी थिईन भने रोजगारी पनि पाएकी थिईन्।  माया नगरपालिकाको सामाजिक परिचालीकामा असार ५ गतेदेखि कार्यरत थिईन्।

टोलमा एसएलसी र रोजगारी गर्ने एउटै भएपछि उक्त टोलले नै मायालाई निकै सम्मान गर्थे। उनले एसएलसी पास गरेको दिन र नगरपालिकामा जागरि पाएको दिन गाउलेले नै खुसियाली मनाएको अझै पनि ताजै छ, तर माया भने छैनन्।

बुबा दिर्घरोगी, एक दाई र भाई पनि आर्थिक अभावले पढन नसकेर भारतमा काम गर्न गएका र आमा रोजगारीको शिलशिलामा कुवेतमा रहेका बेला मायाको असार १२ गते बलत्कारपछि हत्या भयो।

१२ गते हराएदेखि नै चिन्तित बनेका मायाका आफन्तले असार १६ गते जव उनको शव अर्धनग्न अवस्थामा, हात पछाडी बाधिएको अवस्थामा जङगलमा फेला पारे, तर छ्याङबाट खसेजस्तै भए।

अझै पनि उक्त टोलमा बस्ने परिवारका आखाँ ओभाना भएका छैनन्। कुवेतमा रहेकी मायाकी आमा देउसरा पनि उक्त घटनापछि घर आई सकेकी छन।

विहिवार धनगढीमा पत्रकारसग कुरा गर्दा पनि मायाकी आमा धेरै देउसरा बोल्न सकिनन्। छोरीको बारेमा बोल्न खोज्दा आखाँबाट आशु झर्न थालि सकेका हुन्थे।

पत्रकार सम्मेलनमा उनले रदै भनिन्, ‘मेरी छोरीलाई जस्तो कसैलाई नहोस्। मेरी छोरीका जस्तो पिडा खेप्दै कसैकी दिदी बहिनीले मर्नु नपरोस्।’

हुन पनि मायाको निर्क वर्वर र विभत्स तरीकाले हत्या गरिएको थियो।

घरबाट काममा जान हिडेकी मायालाई बाटोमा सोही नगरपालिकाका पाच जनाले जवरजस्ती जङगल लग्दै पालैपालो बलत्कारपछि हत्या गरेका थिए।

प्रहरीका अनुसार मायाको मुखमा विरुवाका पात कोचेर, हात दोपट्टाले पछाडि बाधेर तिन जनाले बलत्कार गरिसके मायाको मृत्यु भईसकेको थियो।

मायाको बलत्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही नगरपालिका, ११ शिवपुरका ३० वर्षका गणेश बडुवाल, वर्ष २१ का सुरज चौधरी, मनोज वोगटी, भुवन खाती र तपेन्द्र वोगटीलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ।

उनीलाई गत हप्ता पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको प्रहरीले अनुसन्धान जारी रहेको र केही दिनमै अदालतमा पेश गर्ने जनाएको छ।
घट्नामा संलग्नलाई कर्तव्य ज्यान तथा जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने बताएको छ।

मायाकी आमा देउसराले भनिन्, ‘मुद्धा जे चलाईयो्। तर, उनीहरुलाई कुनै पनि हालतमा उन्मुक्ति नदिईयोस्। यिनिहरुलाई दिईएको सजायले अन्यले पाठ सिकुन्।’

कार्यक्रममा सहभागि प्रदेश ७ का प्रदेश सभा सदस्यले पनि माया विकको बलत्कारपछि हत्यामा सग्लनलाई कडा भन्दा कडा सजाय दिनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन।

‘मायाको सुरुमा अपहरण, त्यसपछि बलत्कार र हत्या भएको छ।’ नेपाली काग्रेसका सचेतक टेक बहादुर रैकाले भने, ‘घटनामा सग्लनलाई सर्वस्व सहित जन्मकैदका लागि प्रदेश सरकारलाई दवाव दिन्छौ।’

नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेश सभा सदस्य बनेकी पूर्णा जोशीले पनि माया विकको हत्यामा सग्लनलाई कडा भन्दा कडा सजाय हुनुपर्ने माग गरिन्।
उनले भनिन्, ‘बलत्कार जस्ता जघन्य घटनामा सग्लनलाई दिईने सजायको कमि छ। त्यसका लागि विशेष कानुन बनाउन प्रदेश सभामा आवाज उठाउछौ।’

मायाको बलत्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेकालाई राजनीतिक पहुचका आधारमा छुटाउने चलखेल भईरहेको भन्दै आफन्तले आपत्ति जनाएका छन। उनीहरुले घटनामा सग्लन सवैलाई समान कारवाही हुनुपर्ने समेत माग राखेका छन।