कविता (प्रेम डे )

कविता (प्रेम डे )

हलो प्रेमीका जी 
हजुरलाइ था भयो नि ? 
यहा प्रेमको नाममा 
डे, बाइ, डे मनाइन्छन 
बाचा कसम खुवाइन्छन 
आफ्नो पराइ भनाइन्छन
आफ्नै हरु बाट नाता छुटाइन्छ ।।

कतै फेरी 
म पनि यहि चक्करमा 
एउटा रातो गुलाब बोकेर 
रोज डे मनाउन आउँला 
तिम्रो छेवैमा ,
रोज डे ले, रो ज डे 
रो ज भेट गराउन बाध्य गराउला, 
भेटनै पर्ने बाध्यता पनि आउला,
कारण बस कहिल्यै 
भेटन कुनै आनाकानी हुदा
रोज डे रोज पलमा 
रुन पनि बाध्य गराउला ।।

अर्को दिन फेरी बजारमा 
खोजी खोजी महङ्गो मिठो 
चकलेट बोकेर आउँला 
तिमीलाइ मजैले फकाउँला,
आफ्नै हातले चकलेट ख्वाउदै ,
चकलेट खुवाउने बाहानामा 
कुनैदिन लेट हुदा 
फेरी सुरु होला कच कच 
चकलेट ले लाएको प्रेम ,थोरै 
लेट हुदा सम्म सक्कीयर जाला ।।

दौडिदै आएर तिमीलाइ 
हग गर्ने बाहानामा तिम्रो 
शरिरका अङ्ग हरुसंग 
टासीन पुगौल आनन्दले ,
तिम्रो मौन यौवनलाइ 
हलचल गाराउदै म 
हग डे मनाउन पुगौला 
हग डे को नाममा ठग डे 
मनाउने म जस्ता को 
कमी पनि त छैन बजारमा ।।

चिल्ला मिठा कुरा गरेर
जुनीभर जीउनलाइ पनि
संगै हुनुपर्ने मर्नलाइ पनि संगै 
हुनुपर्ने बाचा कसम खाउला 
जब की आवश्यकता नभयको बेला 
फोन सम्म उठ्दैन उसको 
तर आज जुनी नुनी एकसाथ रहने 
प्रमीस गरेर प्रमीस डे मनाउछ ?
भनेर भनिदिनु तिमीले पनि 
यो त सब भन्ने कुरा न हो ।।

अनेक बाहानामा 
बचाएर राखेको इज्जत 
कोमल यौवन र तिम्रा 
लालुपाते ओठहरुलाइ 
त्यो कीस डे ले एकाएक
कीसमीस चपायजस्तै 
काच कुच चपाएर गयो 
फेरी कहिले फर्किन्छौ भनेर 
सोध्न नविर्सीनु नि है ।
कीस डे मा कीस गरेर 
खीस खीस हासेर जानेलाइ।।

रातो गुलाब ले दिमाग पगाल्यो 
मिठो चकलेट ले जिब्रो पगाल्यो
मेरो हग ले तिम्रा शरिरका 
अङ्ग हरू पगाल्दै पगाल्दै गयो 
मेरा दिमागले बोलेका तिमीले 
सत्य ठानेका प्रमीस हरुले 
तिम्रो कोमल मन पगाल्यो 
कीस डे ले गरेको धमाका ले 
तिम्रो ओठबाट सुरु भएको जलन 
सारा शरिरमा फिजीयर पगाल्दै गयो ।।

प्रेमीका जी ? 
डे बाइ डे हरेक चिज 
पगाल्दै जादा अन्तमा 
के बाकी रह्यो त ? 
प्रस्ताव डे ?
त्यही प्रस्ताव जुन आवश्यकता छ 
त्यो प्रस्ताव स्वीकार गरेपछि 
र पुरा गरेपछि तिमी
फेरी कहिले फर्किन्छौ ? 
भनेर प्रश्न गर्न नविर्सीनु है मलाइ ।।

लेखक : यमराज जोशी 
धनगढी ,कैलाली