प्रधानमन्त्रीले भोलि देशबासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशबासीलाई सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको उपलक्ष्यमा उनले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

उनले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । गत वर्ष फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।