सुटुक्क धनगढी आएर के गर्दैछन पूर्व युवराज पारस ?

सुटुक्क धनगढी आएर के गर्दैछन पूर्व युवराज पारस ?

धनगढी : पूर्व युवराज पारस शाह सुटुक्क धनगढी आई पुगेका छन । कर्मनिष्ठ अभियानका क्रममा देशव्यापी भ्रमणमा निस्किएका पूर्व युवराज पारस बुधवार साझ धनगढी आई पुगेका छन ।

उनलाई धनगढीमा उनका समर्थकहरुले स्वागत गरे । उनी धनगढीको रुवस होटलमा बसेका छन ।

शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतका अनुसार देश र जनताको अवस्था बुझ्न र कर्मनिष्ठ अभियानका क्रममा पूर्व युवराज पारस धनगढी पुगेका हुन ।

उनले पूर्व युवराज पारस करीव दुई हप्ता प्रदेश नम्बर ७ मा रहने समेत जानकारी दिए । 

असार ९ गते लमजुङबाट कर्मनिष्ठ अभियान शुरु गरेका पूर्व युवराज पारस मनकामना र गोरखनाथ मन्दिरको दर्शनपछि समर्थक सहित स्थलमार्ग भएर देशव्यापी भ्रमणमा निस्किएका हुन् ।

लमजुङ, गोरखा, पोखरा, रुपन्देही हुदै नेपालगञ्ज भएर पूर्व युवराज पारस धनगढी आईपुगेका छन र करिव दुई साता धनगढीमै बस्नेछन । 

पारस धनगढी पुगेदेखि नै उनका समर्थकको रुवस होटलमा घुईचो लागेको छ । भेटघाट गर्ने क्रम चलिरहेको छ ।