महोत्सवको सयम थप हुदा व्यापारी र दर्शकहरु खुशी

महोत्सवको सयम थप हुदा व्यापारी र दर्शकहरु खुशी

धनगढी : धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको सयम थप गरिएको छ । माघ २१ बाट सञ्चालन भएको महोत्सवको तीन दिन थप गरिएको संघले जनाएको छ । महोत्सव फागुन २ गते सम्म सञ्चालन गर्ने भनिएपनि कैलाली उद्योग वाणिज्य संघले तीन दिन गरि फागुन ५ गतेसम्म सञ्चालन हुने भएको छ ।

महोत्सवको सयम थप हुदा व्यापारी तथा दर्शकहरु खुशी भएका छन । मौसमको कारण महोत्सवमा दुई दिन बाधा पुगेपछि दर्शक र ब्यवसायीहरुको आग्रहमा तीन दिन थप गरिएको आयोजक कैलाली उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवको अवधि थप गरिएको खबर सुनेपछि आफु खुशी भएको व्यापारी तथा दर्शकहरुले बताएका छन ।

महोत्सव तीन दिन म्याद थप गरि फागुन ५ गतेसम्म सञ्चालन हुने कैलाली उद्योग वाणिज्य संघका महासचिब ओम बिष्टले बताए । उनले यस बर्ष दर्शकहरुलाई मध्यनजर गर्दै र व्यापारीहरुकोे माग अनुसार समय थप गरिएको बताए । महोत्सवमा काठमाडौ बाट व्यापार गर्न आएका एक जना व्यापारी दिपक बोहराले महोत्सबको म्याद तीन दिन थपेकोमा व्यापारीहरु खुशी भएका बताए ।

यस्तै महोत्सवमा लुगाकपडा को व्यापार गरिरहेका अर्का व्यवसायी राजकुमार खड्काले पनि महोत्सबको समय तीन दिन थपिदा अत्यन्तै खुशी लागेको बताएका छन । चिसो समयमा आफुले व्यापार गर्नको लागि ल्याएको सामान बिक्री गर्न केही सजिलो हुने भएकाले खुशी भएको बताए ।

महोत्सब अवलोकन गर्न आएका दर्शकहरुले पनि महोत्सवको समय थपेकोमा खुशी व्यक्त गरेका छन । महोत्सबको पहिलो र दोस्रो दिन मौसममा आएको परिर्बतनले आफुहरुले महोत्सव हेर्न नपाएको र अहिले महोत्सबको समय थपेकोमा अझै केही दिन रमाईलो गर्न पाइने बताएका छन ।