पार्टी एकिकरणपछि जनयुद्ध दिवसलाई फरक ढंगले स्मरण गरियो

पार्टी एकिकरणपछि जनयुद्ध दिवसलाई फरक ढंगले स्मरण गरियो

२०५२ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको दिनलाई पार्टी एकिकरणपछि आज फरक ढंगले स्मरण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा जनआन्दोलन र जनयुद्धका शहीदहरुलाई श्रद्धाञ्जली दिएर जनयुद्ध दिवसलाई स्मरण गरिएको छ ।

पार्टीका सुदूरपश्चिम प्रदेशका सह इञ्चार्ज सहितको उपस्थितिमा भएको कार्यक्रममा नेताहरुले जनतालाई राहत महसुश हुने गरी सरकारका गतिविधिहरु सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेशका सह इञ्चार्ज लक्ष्मण दत्त जोशीले परिवर्तनलाई संस्थागत गर्न शहरीदहरुले पु¥याएको योगदानको कदर गर्दै जन अपेक्षा पुरा गर्ने तर्फ पार्टीको नेतृत्व र पार्टी नेतृत्वको सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि तत्कालीन माओवादी र तत्तकाली एमालेले आफ् आफ्नो ठाउँबाट भूमिका खेलेको बताउनुभयो । उहाँले टुटफुटबाट अगाडि बढेको कम्युनिष्ट आन्दोलन दुई ठूला पार्टीको एकतापटि एकिकृत भएको समेत बताउनुभयो । 

पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको सरकारप्रति जनताको अपेक्षा रहेकोले आफुहरु  जन अपेक्षा पुरा गर्ने दिशामा अग्रसर रहेको दाबी गर्नुभयो ।

उहाँले संघीय र प्रदेश सरकारले राम्रो काम गरिरहे पनि कम्युनिष्ट शासन नचाहेकाहरुले सरकबारहरुलाई बदनाम गराउने गरी प्रचार गरिरहेको आरोप लगाउनुभयो । उहाँले पार्टीले सरकारबिरुद्ध योजनाबद्ध रुपमा गरिएका आत्रलमणको प्रतिवाद गर्नपर्ने बताउनुभयो । 

पार्टीका केन्द्रीय सदस्य सदस्य तथा बौद्धिक नेता महेश्वर पाठकले पार्टीका नेताहरु सामाजिक संजालमा आएका कुराहरुमा लागेर पार्टीका नेताहरुको आलोचना गरिहाल्ने स्थिति रहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टी द्धन्द्धात्मक भौतिकवादमा विश्वास गर्ने भएकोले हरेक कुरामा द्धन्द्ध हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक रहेको बताउनुभयो ।

नेता पाठकले सैद्धान्तिक रुपमा बलियो हुन आवश्य रहेको र नेताहरुको बिचार माथि प्रतिक्रिया दिन पूर्व बिचारमा समेत द्धन्द्धवाद लागू हुने कुरा स्मरण गर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले पार्टी र सरकार विरुद्ध चौतर्फी आक्रमण भइरहेकोले कार्यकर्ताहरु चनाखो हुनुपर्ने बताउनुभयो ।  

जनयुद्ध दिवसलाई स्मरण गर्न आयोजित कार्यक्रममा नेकपाका बिभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।