बिराटनगर किंग्सले धनगढी स्टार्स लाई २१ रनले पराजित

बिराटनगर किंग्सले धनगढी स्टार्स लाई २१ रनले पराजित

धनगढी प्रिमियर लिग  (डिपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा बिराटनगर किग्स ले धनगढी स्टार्स लाई २१ रनले पराजित गरेको छ ।बिराटनगर ले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको धनगढि १९ ओवर मा अलआउट हुँदै ८२ रनमा सिमित हुन पुगेपछी धनगढी पुन निराश हुन पुगेको हो ।


धनगढी का लागि सन्दिप रजाईलि ले सर्बाधिक ३४ रन र राजु रिजाल ले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न नसक्दा झिनो चुनौती मा पनि धनगढी चुक्न पुग्यो ।

बलिङ तर्फ बिराटनगर लाई जित दिलाउन कप्तान करन केसि र अभिनाश यादब ले समान ४ /४ बिकेट लिए । भने सुशन भारी ले पनि २ बिकेट हात पारे ।


यसअघि फाप्ला क्रीकेट मैदान ट्स जितेर सुरुमा बिराटनगर ले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ९ बिकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।

अभिनाश बोहरा र कप्तान करन केसि बाहेक अन्य ब्याट्सम्यान हरुले सम्झिनलायक पारी खेल्न नसक्दा बिराटनगर झिनो स्कोर मा रोकिएको हो ।अभिनाश ले २७ रन बनाउदा करन केसि ले २१ रनको योगदान गरे ।

यस्तै टिमका लागि आशिफ शेखले १२ , पृथु बास्कोटा ले ६ रन , हरि सङ्खर शाह ले २ रन , कुशल भुर्तेल ले ६ रन र सम्साद शेख ले ११ रन बनाए ।


यता बलिङ तर्फ धनगढी का लागि सोमपाल कामी र बिपिन कार्की ले समान ३ र३ बिकेट लिए भने रोबिन क्षेत्री ले पनि २ बिकेट हात पारे । साथै सुनिल घमला ले पनि १ बिकेट लिन सफल भए ।

जारी प्रतियोगिता मा यो धनगढीको लगातार तेस्रो हार हो । यो सगै धनगढी को प्ले अफ मा पुग्ने समीकरण कठिन बनेको छ । प्रतियोगिता मा रहि रहन पनि आजको खेल धनगढीले जित्नै पर्ने दबाब रहेको थियो ।यता बिराटनगर ले प्रतियोगिता मा पहिलो जित हासिल गरेको छ , पहिलो बिराटनगर पराजित हुन पुगेको थियो ।