जनयुद्ध दिवसमा युवाले गरे रक्तदान

जनयुद्ध दिवसमा युवाले गरे रक्तदान

कञ्चनपुर : आमूल व्यवस्था परिर्वतनका लागि भन्दै तत्कालिन नेकपा माओवादी पार्टीले युद्ध सुरु गरेको दिन १ फागुनलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेका छन् । 

पुर्व माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाईसियल) कञ्चनपुरले जनयुद्ध दिवसको अवसमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

वाईसियल कञ्चनपुरको आयोजनामा नेपाल रेडक्रस सोसाइटी शाखाले महेन्द्रनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको वाईसियल कञ्चनपुरका सचिव तिलक जप्रेलले बताए । 

कार्यक्रमको उद्घाटन वाईसियल र युवा संघ कञ्चनपुरका अध्यक्षद्वय शुचित्र शाह र गणेश चन्दले रक्तदान गरेर उद्घाटन गरे । 

कार्यक्रममा १५ जना युवाहरुले रक्तदान गरेका छन् । वाईसियल कञ्चनपुरका इन्चार्ज योगेश साउदले युवाहरुले देशलाई जस्तोसुकै परिस्थितिमा पनि रगत र संघर्ष दिनसक्ने भन्ने सन्देशका साथै एकताको सन्देश दिन रक्तदान गरिएको बताए ।