दुई करोड ५० लाख धरौटी बुझाएर छुटे आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का

दुई करोड ५० लाख धरौटी बुझाएर छुटे आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का

१८ करोड ६६ लाख बराबर भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् । 

खड्का विशेष अदालतलाई २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । 

विशेष अदालतका न्यायाधीशहरु बाबुराम अर्याल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले खड्कालाई  धरौटीमा रिहा गर्ने फैसला सुनाएको हो । नेपाल इन्भेष्टमेन्ट बैंक खड्काको जमानी बसेको छ । 

नेपाल आयल निगममा रहँदा खड्काले १८ करोड ६६ लाख रुपैँया गैरकानुनी रुपमा कमाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।