धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिको एक वर्ष, कति सफल कति असफल ?

धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिको एक वर्ष, कति सफल कति असफल ?

धनगढी : धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक वर्ष पुगेको छ । 

गत बर्षको असार १४ गते निर्वाचन सम्पन्न भएपछि असार २४ गते मत गणना सम्पन्न भई असार २६ गते पदभार ग्रहण गरेका थिए ।          
पदभार सम्हालेको एक वर्षको अवधिमा सोचे अनुरुप विकाश र सेवा सुविधा पाउन नसेकको गुनासो नगरवासिले गरेका छन ।

गत वर्षको असारमा भएको स्थानीय तहको निर्वाचनबाट २० वर्षपछि स्थानीय तहमा जनप्रतिनिधि पाएका धनगढी उपमहानगरवासिले केही विकाश भएको र जनप्रतिनिधि आएको महसुस गरेका छन । तर, सोचे अनुरुप जनप्रतिनिधिले विकाश गर्न नसकेको भन्दै असन्तुष्ट पनि छन

‘जनप्रतिनिधि आएपछि सडक, खानेपानी, विजुली लगायतका समस्या केही मात्रामा समाधान भएका छन ।; धनगढी, २ सन्तोषी टोलका रामनाथ जोशीले भने, ‘दीर्घकालिन विकाशका योजना, वेरोजगारी अन्त्य, कृषिमा आधुनिकीकरण लगायतका विषयमा जनप्रतिनिधिले खास्सै ध्यान दिएनन ।

धनगढी क्याम्पस रोडका वलदेव रावलले भने, ‘जनप्रतिनिधि आएपछि साना समस्या राख्न पाईएको छ । ग्राभेल हालिदिनुप¥यो, विजुलीको पाल छैन भन्ने लगायतका गुनासो समाधान भएका छन । 

पदभार सम्हालेको एक वर्षको अवधिमा सोच अनुरुप विकाश र सेवा सुविधा पाउन नसेकको गुनासो नगरवासिले गरिरहेका बेला जनप्रतिनिधिले भने एक वर्षको अवधिमा चुनावमा गरेका बाचा अनुसार ८० प्रतिशत कार्य सुरु गरिसकेको र त्यसमध्ये ६० प्रतिशत पुरा भईसकेको दावी गरेका छन । 

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले भनिन्, ‘एक वर्षको अवधि परिक्षक काल हो । सिक्ने अवधि हो । तरपनि, चुनावमा घोषणापत्रमा उल्लेख गरेका कुरा ८० प्रतिशत सुरु गरिसक्यौ र तिमध्ये ६० प्रतिशत पुरा पनि भईसके छ ।’ उनले विविध कारणवस सोचे अनुरुप काम गर्न नसकेको बताईन् । 

विभिन्न समस्याका बाबजुद पनि एक वर्षको कार्यकाल सन्तोषजनक रहेको नगर प्रमुख नउप वडले बताए ।

‘देश सघियतामा गएसगै कर्मचारी, कानुन, वडा कार्यालय अभाव लगायतका कारण निकैै चुनौतिका माझ काम सुरु गर्नुपर्ने अवस्था थियो । अहिले भने सवै वडा कार्यालय व्यवस्थित गर्नेदेखि कर्मचारी व्यवस्थापन र सघ र प्रदे्रशले कानुन निर्माण गरिदिएपछि सहजता आएको छ ।’ वडले भने ।

‘एक वर्षमा घोषणा पत्रमा उल्लेख भएका अधिकाश कुरा कार्यान्वयनको चरणमा छन ।’ वडले भने, ‘अव उपमहानगरपालिकालाई नमुना, सम्वृद्ध र स्मार्ट बनाउनेतिर ध्यान दिन्छौ ।’

अव काम गर्न निकै सहज हुने अपेक्षा उनको छ । त्यसैले अझै चार वर्षको कार्यकाल बाकी रहेका कारण सो अवधिमा धनगढीको विकाशमा कुनै कसुर बाकी नराख्ने र जनताले गुनासो नगर्ने गरि काम गर्ने वडले बताए ।

धनगढी उपमहानगरपालिकाका मेयर वडभन्दा २ हजार ७ कम ल्याएर पराजय भएका प्रमुख प्रतिस्पर्धि स्वतन्त्र उम्मेद्वार तथा हाल विवेकशील साझा पार्टीका प्रदेश संयोजक रहनुभएका गोपाल हमालले मगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै जनप्रतिनिधिको कार्यकालबारे कुनै टिप्पणी गरेनन ।

एक वर्षको अवधि परिक्षण काल भएकोले बाकी अवधिमा घोषणापत्र अनुसार काम गर्न पनि जनप्रतिनिधिलाई आग्रह गरे । उद्यपी, जनप्रतिनिधिको खुलेरै विरोध गर्न नसकेपछि प्राथमिकताका आधारमा भन्दा पहुचका भरमा विकाश गरिएको, जनताले प्रत्यक्ष विकाशको महसुस गर्न नसकेको आरोप हमालको थियो । 

एक वर्षको अवधिमा केही रुपमा जनप्रतिनिधि आएको महसुुुस गरिरहेको बताउने धनगढी नगरवासिले अझै अझै जनताको जनताको माग र आवश्यकता अनुसार काम गर्न सुझाव दिएका छन । 

जनप्रतिनिधिले चुनावी घोषणा पत्रमा उल्लेख गरेका ६० प्रतिशत प्रतिवद्धता पुरा गरेको बताएपनि गौरीफन्टा नाका स्तरोन्नति, धनगढी विमानस्तल स्तरोन्नति, छाडा पशु चौपाया व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, लगायतका काय गर्न नसकेको आरोप लागेको छ ।