सिवाईसी अत्तेरियाद्धारा धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य

सिवाईसी अत्तेरियाद्धारा धनगढी स्टार्सलाई ९६ रनको लक्ष्य

आज धनगढी स्थित फाप्ला क्रीकेट मैदान मा ट्स जितेर दीपेन्द्र सिँह एरि को कप्तानी मा रहेको अत्तेरिया ले सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट को क्षतिमा मात्र ९५ रन बनाएको छ ।


प्रतियोगिता को तेस्रो खेल सम्म आईपुग्दा कम स्कोर बनिरहेको अवस्था मा आज पनि सोहि क्रम देखियो , अत्तेरिया ले सुरुवात राम्रो गर्ने सङ्केत गरेपनी त्यो भने देखिएन र कम स्कोर मा रोकिएको छ ।

ओपनर जयकिशन कोल्सावाला लाई ब्यक्तिगत २१ रन मा पहिलो बिकेटका रुपमा टिमले गुमाए पछि टिमका अन्य ब्याट्सम्यान ले उल्लेख्य योगदान गर्न नसक्दा टिम कम स्कोर मा रोकिन बाध्य भयो , तर शनि पटेल ले अबिजित रह्दै ३५ रनको पारी खेलेपछी अत्तेरिया यो स्कोर तर्फ आएको थियो ।यस्तै अत्तेरियाका लागि कप्तान दिपेन्द्र सिँह एरिले ११ रन तथा प्रेम तामाङ ले १२ रनको योगदान गरे ।

बलिङ तर्फ धनगढी स्टार्स का लागि रोहन मुस्तफा ले २ बिकेट लिए भने सोमपाल कामी , आमिर हायत र बिपिन कार्की ले समान १/१ बिकेट लिन सफल भए । अब अत्तेरिया ले दिएको ९६ रनको सामान्य लक्ष्य पछ्याउदै धनगढी ले अब केही बेर मै जवाफी ब्याटिङ गर्नेछ ।

जारी प्रतियोगिता मा धनगढी स्टार्स को यो दोस्रो खेल हो भने सिवाईसी अत्तेरिया ले पहिलो खेल खेल्दैछ ।धनगढी पहिलो खेल मा हिजो काठमाडौ गोल्डेस सगँ ४ बिकेट ले पराजित भएको थियो ।

फागुन ११ गते सम्म चल्ने प्रतियोगितामा मा कुल ६ टिम ले सहभागिता जनाउने छ्न । जसमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, काठमाडौँ गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, बिराटनगर किङ्ग्स र महेन्द्रनगर युनाईटेड रहेका छन् ।