रोमाञ्चक बनेको खेलमा महेन्द्रनगर माथी रुपन्देही च्यालेन्जर्स को सनसनि जित

रोमाञ्चक बनेको खेलमा महेन्द्रनगर माथी रुपन्देही च्यालेन्जर्स को सनसनि जित

धनगढी : घरेलु क्रीकेट को चर्चित तथा सर्बाधिक धेरै पुरस्कार राशी रहेको धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो खेलमा महेन्द्रनगर युनाईटेड माथी रुपन्देही च्यालेजर्स ले २ रनले जित हासिल गरेको छ ।

रुपन्देही ले दिएको १ सय १२ रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको महेन्द्रनगर ले निर्धारित २० ओवर पुरै खेल्दै ८ बिकेट गुमाएर १ सय ९ रनमा सिमित भएपछि रुपन्देही ले सनसनिपुर्ण जित हासिल गरेको हो ।

महेन्द्रनगर का लागि टिमको स्कोर ३६ रन हुँदा ५।४ ओवर भित्र ओपनरद्रय दिलिप नाथ र शरद भेषावकर लाई गुमाएको थियो । टिमका कप्तान समेत रहेका शरद ले ४ रनको पारी खेल्दा अर्का ओपनर दिलिप नाथले ८ रनको योगदान गरेका थिए ।

यसपछि टिम ले तेस्रो बिकेटका लागि कुशल मल्ललाई ब्यक्तिगत ९ रनमा गुमाएको थियो । यस्तै टिमका लागि सुब्रमैनेम आनन्द ले २५, रनरोहित कुमार पौडेल ले २४ रन तथा मोहम्मद नाभिद ले १३ रनको योगदान गरेका थिए ।


बलिङ तर्फ रुपन्देही का लागि बिक्रम सोवले सर्बाधिक ३ बिकेट लिए भने , पुनित मेहरा ले २ तथा र वसन्त रेग्मी , कृष्ण कार्की र ललित भन्डारी ले समान १र१ बिकेट लिन सफल भए । यसअघि फाप्ला क्रीकेट मैदान मा सुरुमा रुपन्देही ले ट्स जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

खेलमा सुरुमा ब्याटिङ गरेको रुपन्देही ले निर्धारित २० ओवर मा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । रुपन्देही का लागि मध्यम स्कोर खडा गर्ने क्रममा पहिलो बिकेटको रुपमा टिमले आफ्नो स्कोर ५ रन हुँदा ओपनर प्रदिप एरिलाई ब्यक्तिगत १ रन मा गुमाएको थियो यस्तै दोस्रो बिकेटका रुपमा बाबर हायत लाई १४ रन मा गुमाएको थियो ।

महेन्द्रनगर कसिलो बलिङ मा रुपन्देही का ब्याट्सम्यान ले खुलेर खेल्न नसक्दा बिकेट पतन जारी रहयो । यस्तै रुपन्देहीका लागि बिनोद भन्डारी ले १९ रन सन्दिप सुनार ले १५ रनको पारी खेले । यस्तै सुमित महर्जन ले ईनिग को सर्बाधिक धेरै रन बनाउने क्रममा २७ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ महेन्द्रनगरका लागि सिद्धान्त लोहनी ले ३ तथा अभिनाश बोहरा र सागर ढकाल ले समान २र२ बिकेट लिए भने कप्तान शरद भेषावकर ले पनि १ बिकेट हात पार्न सफल भए ।

यस्तै प्रतियोगिताको दोस्रो दिन भोलि पनि दुई खेल हुनेछ । पहिलो खेलमा बिहान ९ बजेपछी सिवाईसी अत्तेरिया र धनगढी स्टार्स भिड्ने छ्न । भने दोस्रो खेलमा बिराटनगर किग्स र रुपन्देही च्यालेन्जर्स भिड्ने छ्न ।