ग्रिन र स्मार्ट गाउपालिकाको परिकल्पना गर्दै कैलारी गाउपालिकाद्धारा नीति, बजेट तथा कार्यक्रम सार्वजनिक

ग्रिन र स्मार्ट गाउपालिकाको परिकल्पना गर्दै कैलारी गाउपालिकाद्धारा नीति, बजेट तथा कार्यक्रम सार्वजनिक

धनगढी : कैलारी गाउपालिकाले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि झण्डै ४४ करोड बराबरको नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउ सभाबाट पारित झण्डै ४४ करोड बराबरको नीति, बजेट तथा कार्यक्रम सोमवार सार्वजनिकीकरण कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । 

गाउपालिका अध्यक्ष लाजुराम चौधरीले सघ र प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ तथा गाउपालिका राजस्व परामर्श समितिले गरेको सिफारिसका आधारमा गाउपालिकाको तर्फबाट ४१ करोड ७४ लाख ६३ हजार तथा गैर–सरकारी सस्थाको १ करोड ९८ लाख ७५ हजार गरि झण्डै ४४ करोड बराबरको बजेट सार्वजनिक गरे ।

स्वाथ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्र्दै ग्रिन र स्मार्ट गाउपालिकाको परिकल्पना गर्दै नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

नीति, बजेट तथा कार्यक्रममा सडक कालोपत्रेलाई प्राथमिकता दिईने, आगामी आर्थिक वर्षभित्र सडक ग्राभेल गरिसक्ने, अपर डगर अपने बनाई अर्थात आफनो बाटो आफै बनाउ, एक वडा एक उत्पादन पकेट प्रभावकारी रुपमा सञ्चालन गर्ने लक्ष्य दिईएको छ । 

त्यस्तै, एक टोल एक उद्यमशील समुह व्यावसायीकरण गर्ने, दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने, स्मार्ट तथा ई–भिलेज कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चौधरीले बताए ।

आगामी आर्थिक वर्ष २०७५÷७६ कोे नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा पूर्व कृषि मन्त्री गौरिशकर चौधरी, प्रदेश सभा सदस्य विरमान चौधरी, विभिन्न स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता थियो ।