विशेष

विन्दास म्युजिक अवार्ड : टपलिष्टमा परेका कलाकारहरुको फोटो शुट तथा प्रमाणपत्र वितरण     |     २०७५ फाल्गुन ४ गते शनिबारको राशिफल     |     बाजुराका ९५ बस्ती उच्च जोखिममा     |     हिरो महिला गोल्डकप: नेपाल उपविजेता, म्यानमारले उचाल्याे उपाधि     |     डेटिङ टिप्सः यी पाँच कारणले हाँसो–ठट्टा गर्ने केटा मन पराउँछन् केटी     |     बिहान उठ्ने बित्तिकै यस्ता क्रियाकलाप गर्नाले चमत्कारिक लाभ प्राप्ती हुने, सबैको जानकारीका लागि सेयर गरौं     |     सुदुर पश्चिमेली समाज भारत मुम्बई समिति द्धारा बुद्धिमान लाई सहयोग     |     सरकारले चाहेमा निर्मलाको हत्यारा पत्ता लगाउन सक्छ, तर चाहेन : देउवा     |    

आईसीसी वरीयता : पारस विश्वका शीर्ष ४० अलराउन्डर

एजेन्सी    

आईसीसी वरीयता : पारस विश्वका शीर्ष ४० अलराउन्डर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आईसीसी) को नयाँ टी– २० क्रिकेट वरीयतामा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र सोमपाल कामीले छलाङ मारेका छन् ।

ब्याटिङतर्फ कप्तान पारस खड्का ६ स्थान सुधार गर्दै ९० औं स्थानमा उक्लिएका छन् । यसअघि पारस ९६ औं स्थानमा थिए । बलिङ तर्फ सोमपाल कामीले ठूलो छलाङ मारेका छन् । सोमपालले २३ स्थान छलाङ मार्दै ७० औं स्थानमा उक्लिएका छन् । सोमपाल यस अघि ९३ औं स्थानमा थिए ।

बलिङतर्फ वसन्त रेग्मीले ३ स्थान सुधार गर्दै ७१ नम्बरमा आएका छन् । वसन्त यसअघि ७४ औं स्थानमा थिए । अलराउन्डरतर्फ पारसले स्थान सुधार गर्दै ३९ औं स्थानमा रहेका छन् । सोमपालले अलराउन्डरतर्फ १३ स्थान छलाङ मारेका छन् । नयाँ वरीयतामा सोमपाल ५१ औं स्थानमा उक्लिएका छन् ।

नयाँ वरीयता अनुसार ब्याटिङमा बाबर आजम, बलिङमा राशिद खान र अलराउन्डर तर्फ ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।



सोमबार २८, माघ २०७५ ०४:०५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस