रुपनदेही च्यालेन्जर्सद्धारा  महेन्द्रनगर युनाईटेडलाई ११२ रनको लक्ष्य (लाईभ)

रुपनदेही च्यालेन्जर्सद्धारा  महेन्द्रनगर युनाईटेडलाई ११२ रनको लक्ष्य (लाईभ)

सर्बाधिक धेरै पुरस्कार राशी रहेको तेस्रो संस्करणको  धनगढि प्रिमियर लिग (डिपिएल-३ ) को दोस्रो खेलमा अहिले रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेड बिच प्रतिस्पर्धा भईरहेको छ ।फाप्ला क्रीकेट मैदान मा जारी खेलमा सुरुमा रुपन्देही ले ट्स जितेर पहिले गर्ने निर्णय गरेको थियो ।

खेलमा सुरुमा ब्याटिङ गरेको रुपन्देही ले निर्धारित २० ओवर मा अलआउट हुँदै १ सय ११ रन बनाएको छ ।रुपन्देही का लागि मध्यम स्कोर खडा गर्ने क्रममा पहिलो बिकेटको रुपमा टिमले आफ्नो स्कोर ५ रन हुँदा ओपनर प्रदिप एरिलाई ब्यक्तिगत १ रन मा गुमाएको थियो यस्तै दोस्रो बिकेटका रुपमा बाबर हायत लाई १४ रन मा गुमाएको थियो ।

महेन्द्रनगर कसिलो बलिङ मा रुपन्देही का ब्याट्सम्यान ले खुलेर खेल्न नसक्दा बिकेट पतन जारी रहयो ।यस्तै रुपन्देहीका लागि बिनोद भन्डारी ले १९ रन सन्दिप सुनार ले १५ रनको पारी खेले । यस्तै सुमित महर्जन ले ईनिग को सर्बाधिक धेरै रन बनाउने क्रममा २७ रनको योगदान गरेका थिए ।

बलिङ तर्फ महेन्द्रनगरका लागि सिद्धान्त लोहनी ले ३ तथा अभिनाश बोहरा र सागर ढकाल ले समान २र२ बिकेट लिए भने कप्तान शरद भेषावकर ले पनि १ बिकेट हात पार्न सफल भए ।अब रुपन्देही ले दिएको १ सय १३ रनको सामान्य बिजयी लक्ष्य पछ्याउदै महेन्द्रनगर ले जवाफी गरिरहेको छ ।