धनगढी स्टार्स चार विकेटले पराजित

धनगढी स्टार्स चार विकेटले पराजित

घरेलु क्रीकेट को चर्चित तथा सर्बाधिक धेरै पुरस्कार राशी रहेको घनगढि प्रिमियर लिग (डिपिएल) को पहिलो खेलमा काठमाडौ गोल्डेस बिजयी भएको छ ।


निकै रोमाञ्चक बनेको खेलमा घनगढी स्टार्स लाई ४ बिकेटले पराजित गर्दै काठमाडौले प्रतियोगिता को बिजयी सुरुवात गरेको छ ।

घनगढी ले दिएको १ सय ३३ रनको बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको काठमाडौ ले उक्त बिजयि लक्ष्य अन्तिम १ बल बाकि रह्दा ६ बिकेट गुमाएर भेटायो ।काठमाडौ लाई महत्त्वपूर्ण जित दिलाउने क्रम मा गौरभ तोमर ले २८ रन , अनिल कुमार शाह ले २४ रन तथा दबदासको २९ रन को पारी ले प्रयाप्त भुमिका खेल्यो ।

बलिङ तर्फ घनगढीका लागि रोहन मुस्तफा ले सर्बाधिक ४ बिकेट लिए भने आमिर हायत र बिपिन कार्की ले पनि समान १र१ बिकेट हात पारे ।


यसअघि आज फाप्ला क्रीकेट मैदान मा ज्ञानेन्द्र मल्ल को काठमाडौ ले ट्स जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

ट्स हारेर पहिले ब्याटिङ गरेको सोमपाल कामि को टिम घनगढिले निर्धारित २० ओवर पुरै खेल्दै ५ बिकेट गुमाएर १ सय ३२ रन बनाएको थियो ।

ओपनरद्रय सुनिल घमला र रोहन मुस्तफा लाई सस्तै मा गुमाएको घनगढी ले यसपछि तेस्रो बिकेट का लागि अमित श्रेष्ठ र सन्दिप रजालि बिच ५२ रनको साझेदारी हुन पुगेको थियो । सन्दीप ले २८ रनको पारी खेलेर पभेलियन फर्किएका थिए ओपनरद्रय घमला ले ३ रन बनाउदा रोहन मुस्तफा ले भने खाता खोल्न समेत सकेनन ।


यस्तै घनगढीका लागि अमित श्रेष्ठले प्रतियोगिता को पहिलो अर्धसतकिय प्रहार गरे क्रममा ५० रनको योगदान गरेका थिए । ५० बलको सामना गरेका उनले ४ चौका र २ छ्क्का को मद्दतमा उक्त रन बनाएका थिए ।

यस्तै घनगढी का लागि पवन सरार्फ ले १९ तथा सौरभ खनालले अबिजित रह्दै २५ रनको योगदान टिम का लागि गरेका थिए ।

बलिङ तर्फ काठमाडौ को लागि नन्दन यादब ले २ बिकेट लिए भने ललित राजबम्शि र अन्कित दबास ले समान १/१ बिकेट लिएका थिए ।

यो सगै प्रतियोगिता को उद्घाटन दिनको दोस्रो खेलमा अब केही बेरपछि रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाईटेड बिच प्रतिस्पर्धा हुनेछ ।