‘सिएमसी सप्तरङ्ग’ आज धनगढीमा

‘सिएमसी सप्तरङ्ग’ आज धनगढीमा

धनगढी । माघ १८ गते देखी फागुन २ गते सम्म गृष्मा ब्रोडकाष्टिङ प्रा.लीको आयोजनामा सातै प्रदेशमा भैरहेको ‘सिएमसी सप्तरङ्ग’ कार्यक्रमका लागि कलाकारहरु धनगढी पुगेका छन् । सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित आयोजना भएको उक्त कार्यक्रमको लागि कलाकारसंगै खेलाडीहरु आइतवार धनगढी पुगेका हुन् । कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ ।

उक्त साङ्गितिक यात्रामा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट लगायतले सातै प्रदेशमा आयोजना हुने कार्यक्रममा आफ्नो प्रस्तुती राख्नेछन् ।

माघ १८ गते दमकबाट सुरु भएको ‘सप्तरङ्ग’ कार्यक्रम आज  धनगढीमा हुदै छ भने  फागुन २ गते पोखरामा पुगेर अन्त्य हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नु नपर्ने आयोजकले बताएको छ ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताएका छन् ।
कार्यक्रम आज बेलुका ५ बजे धनगढी स्थीत होटल डिभोटी नजिक रहेको मैदानमा आयोजना हुने छ ।