जिप दुर्घटना हुदा चालक र सहचालक घाईते

जिप दुर्घटना हुदा चालक र सहचालक घाईते

अछाम : तुर्माखाद गाउपालिका वडा नम्बर ८ धमाली सडक खण्डमा आज बिहान जिप दुर्घटना भएको छ ।

तुर्माखादबाट कमलबजार नगरपालिका हुदै दैलेख तर्फ जानका लागि गएको भे १ च २७५४ नम्बर जिप दुर्घटना हुदा गाडी चालक र सहचालक घाईते भएका जिल्ला प्रहरी कार्यालप अछामले जनाएको छ । 

जिप सडकबाट करिब १ सय ५० मिटर तल खसेर चालक २५ बर्षिय जनक प्रसाद न्यौपान र सहचालक दैल्लेख जिल्ला महाबु गाउपालिका ३ निवासि २१ बर्षिय शैलेस शाही घाईते भएका हुन । घाईते चालक न्यौपानेको दुबै खुट्टा र सहचालक शाहीको खुट्टा, ढाड र घाटिमा चोट लागेको प्रहरी जनाएको छ । 

जिप दुर्घटना भएपछी ईलाका प्रहरी कार्यालय कमलबजार र प्रहरी चौकी भैरवस्थानबाट खटिएको प्रहरी टोलिले उद्धार गरेको थियो । घाईतेको धमाली स्वास्थ्य चौकीमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि नेपालगंञ्ज तर्फ लगिएको खबर प्राप्त भएको छ ।