यौनसम्पर्कपछि पुरुषहरू किन कोल्टे फेर्छन् ?

यौनसम्पर्कपछि पुरुषहरू किन कोल्टे फेर्छन् ?

यौनसम्पर्कपछि प्रायः पुरुषहरू महिला साथीसँग टाढिन खोज्छन् वा कोल्टे फर्केर सुत्ने गर्छन् । यसतो किन हुन्छ भन्ने प्रश्न कुनै महिला मित्रको मनमा कहिल्यै उठेको छ कि ? छ भने यहाँ त्यही प्रश्नको उत्तर पहिल्याउने प्रयास गरिएको छ ।

यौनसम्पर्कले दुई विपरीत लिंगीबीचको घनिष्टता एवं अन्तरंग सम्बन्धलाई दर्शाउँछ, जहाँ आफ्नो पार्टनरका साथ उत्कृष्ट पलको महसुस हुन्छ । पुरुष तथा महिला दुवैलाई यौनसम्पर्कले विशेष प्रकारको चरम आनन्दानुभूति गराउँछ । तर केही पुरुष आफू स्खलित हुनेबित्तिकै महिला साथीको वास्ता नगरी, उसमाथि आफ्नो यस्तो व्यवहारले कस्तो असर पर्छ भन्ने कुराको ख्याल नै नगरी कोल्टे फर्केर सुत्ने गर्छन् वा टाढिने गर्छन् । पुरुषको यस्तो व्यवहारका पछाछि धेरै कारण हुनसक्छन् । के छन् त त्यस्ता कारण ? हेरौँ,

झुकाव वा आकर्षण मात्र हुनु

कुनै पुरुषले यौनसम्पर्कपछि कहिल्यै सम्पर्क राख्न खोजेन भने के बुझ्नुपर्छ भने उसमा केवल झुकाव वा आकर्षण थियो । उसले तपाईंसँग राम्रो समय बितायो अनि हिँड्यो । यो सम्बन्धमा उसका लागि योभन्दा बढी कुनै महत्व थिएन । हुनसक्छ महिला मित्र ! तपाईलाई त्यस पुरुषप्रति एक किसिमको अनुराग वा लगाव हुनसक्छ तर उसमा त्यस्तो कुनै धावना थिएन । यही कारण ऊ तपाईंसँग टाढा हुने हरसम्भव प्रयास गर्छ अथवा फेरि पनि कुने कारणवश यौनसम्पर्क स्थापित भयो भने अर्को पटक पनि उसको व्यवहार पहिलेभन्दा फरक हुँदैन । यस्तो अवस्थामा तपाईं केही गर्न सक्नुहुन्छ तसर्थ यस्तो सम्बन्धलाई बिर्सेर अघि बढ्नुमै बुद्धिमानी हुन्छ ।

सम्बन्ध गाँस्न तयार नहुनु

कतिपय अवस्थामा पुरुष सम्बन्धका लागि तयार नभएका कारण पनि उसले यस्तो व्यवहार गरेको हुनसक्छ । यद्यपि उसलाई पनि पार्टनरप्रति मोह वा लगाव भने हुनसक्छ जुन विषयमा उसले सोचेको हुँदैन । यसकारण पनि उसले तपाईंलाई बेवास्ता गर्नसक्छ र भावना लुकाउनसक्छ किनभने ऊ कुनै पनि प्रकारको गम्भीर एवं जिम्मेवार सम्बन्धका लागि तयार भएको हुँदैन ।

महिला साथीको उत्ताउलोपन

कतिपय अवस्थामा महिलासाथीले हरेक समय सम्बन्ध बनाउन प्रयास गर्ने वा उत्ताउलोपन देखाएका कारण पनि पुरुषहरू यौनसम्पर्कपछि टाढिन खोज्छन् ।  यसकारण दिगो सम्बन्ध गाँस्ने चाहना छ भने पुरुषलाई सम्पूर्ण सुम्पने वा आफ्ना सबै गुह्य खोलेर उसँग टाँसिइरहन खोज्नु हुँदैन, सम्बन्धमा अलिकति स्पेस राख्नुपर्छ । अधिकांश पुरुषहरू यौनसम्पर्कका लागि उत्ताउलोपन देखाउने महिलालाई रुचाउँदैनन् । तसर्थ पुरुष साथीसँग लामो सम्बन्ध गाँस्ने चाहना भए उत्ताउलोपन देखाउनु हुँदैन ।

प्रतिबद्धताप्रति डर

महिला मित्र ! तापाईमा कुनै पुरुषलाई एक रात यौनसम्पर्क राखेर आप\mनो बनाउने चाहना छ भने तपाई गलत हुनुहुन्छ । यस्तो विचारलाई मनबटै निकाल्नु उचित हुन्छ किनभने अधिकांश पुरुष प्रेमदेखि डराउँछन् । उनीहरू प्रतिबद्धता व्यक्त गर्न डराउँछन् । तपाईंले यौनसम्पर्कपछि ऊबाट यस किसिमको अपेक्षा राख्नुभयो भने ऊ स्वाभाविक रूपले टाढा हुन खोज्छ । तपाईंमा कुनै पुरुषप्रति अनुराग छ भने हतार नगरीकन भावनात्मक सम्बन्ध बलियो बनाउने बाटोमा लाग्नु नै उत्तम हुन्छ ।

अपेक्षाअनुरूप आनन्द महसुस नहुनु

यौनसम्पर्कपछि पुरुषहरू टाढिन खोज्नुको कारण यो पनि हुनसक्छ । यौनसम्पर्क गर्दा अपेक्षा गरेअनुरूपको आनन्द प्राप्त नभएका कारणले पनि पुरुषहरू आप\mनो पार्टनरसँग टाढा हुनसक्छन् ।

हीनताग्रन्थि

कतिपय पुरुषमा आफूले पार्टनरलाई सन्तुष्ट पार्न नसक्ने हो कि भन्ने डर हुन्छ । यौनसन्तुष्टि दिन नसक्ने हो कि भन्ने डरले पनि पुरुषहरू महिलासँग टाठिन खोज्छन् । एकपटक सम्पर्क स्थापित भइसकेको भए नै पनि दोहोर्‍याएर सम्बन्ध राख्न हच्किने गर्छन् । यसका लागि महिला मित्रले उसलाई थोरै समय दिएर आत्मविश्वसास जगाउन सहयोग गर्नु आवश्यक छ ।

हार्मोनको प्रभाव

टेस्टेस्टेरोन हर्मोनको स्तर कम भयो भने पनि पुरुषहरू पार्टनरसँग टाढिन खोज्छन् । यो समान्य कुरा हो । यस्तो अवस्थामा महिला साथीले पुरुषलाई सामान्य बनाउन प्रयास गर्नुपर्छ र हौसला दिँदै बिस्तारै सम्बन्ध राख्नका लागि उत्साहित बनाउनुपर्छ । यस्तो अवस्थामा पुरुष टाढियो भने नै पनि कुनै चिन्ता गर्नुपर्दैन किनभने ऊ पुनः र्फकनसक्छ ।