‘हेलो सिएम’ मा एक सय १० गुनासोे, सुनुवाई शुन्य

‘हेलो सिएम’ मा एक सय १० गुनासोे, सुनुवाई शुन्य

धनगढी : प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा स्थापना गरिएको ‘हेलो सिएम’ मा करिव दुई महिनामा एक सय १० गुनासोे परेका छन । 

प्रदेश सरकार गठन भएको तिन महिनाको अवसरमा जेठ ७ गते मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेलो सिएम’ कार्यक्रमको सुरुवात गरेका थिए ।

स्थापना गरिएको करिव दुई महिना पुग्नै लाग्दा ‘हेलो सिएम’ मा एक सय १० गुनासोे आएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता विसन सिह थापाले बताए ।

दुई महिनाको अवधिमा गुनासोे भने न्युन मात्रामा मात्रै परेको स्वयम मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । 

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले दिएको जानकारी अनुसार सवैभन्दा बढी सडक पूर्वाधार सम्बन्धि २६ वटा गुनासोे परेका छन । 

त्यस्तै, विद्युत सम्बन्धि २५, सुशासन सम्बन्धि ६ गुनासो परेका छन भने अन्य विषयमा निकै न्युन मात्रामा उजरी परेको प्रवक्ता थापाले बताए ।

अन्य गुनासोेमा ट्राफिक व्यवस्थापन, एयरपोर्ट, बैकिङ, सुरक्षा, शिक्षा, स्वाथ्य, यातायात, भ्रष्टचार, छाडा पुश चौपाया व्यवस्थापन सम्बन्धि छन । 

‘हेलो सिएम’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले तत्काल समाधान गर्नुपर्ने विषयलाई ४ घण्टाभित्र र सामान्य विषयमा आएका गुनासो तिन÷चार दिनभित्र समाधान गर्ने प्रतिवद्धता जनाएका थिए ।

उक्त कार्यक्रम सुरुवातकै दिए ट्राफिक व्यवस्थापन सम्बन्धि आएको गुनासोे सम्बोधनका लागि मुख्यमन्त्रीले तत्काल जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुखलाई फोन गरि व्यवस्थापन गर्न निर्देशन दिएका थिए । तर, धनगढीमा ट्राफिक व्यवस्थापन झन अस्तव्यस्त बन्दै गएको छ । 

मुख्यमन्त्री निर्देशन दिएको मात्रै हैन, हालसम्म परेका कुनै पनि गुनासोेको समाधान भएको छैन ।

‘हेलो सिएम’ कार्यक्रमको शुरुवातका क्रममा मुख्यमन्त्री भट्टले तत्काल समाधान गर्नुपर्ने विषयलाई ४ घण्टाभित्र र सामान्य विषयमा आएका गुनासो तिन÷चार दिनभित्र समाधान गर्ने भनि जनाएको प्रतिवद्धता कार्यान्वयन हुन सकेको छैन ।
हालसम्म ‘हेला सिएम’ मा परेका गुनासोे सुनुवाई भएको भन्ने जानकारी आएको छैन ।’ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता थापाले भने, ‘हामीले जुन मन्त्रालयसग सम्बन्धित गुनासो छन । ति मन्त्रालयमा पठाएका छौ ।’

उनले मुख्यमन्त्री कार्यालयबाट पठाईएका एक सय १० गुनासो मध्ये १३ गुनासो सम्बोधनका लागि मन्त्रालयले मातहतका कार्यालयमा पठाएको जानकारी समेत दिए । 

पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०–९१५२७२३ मा फोन गरेर विहान ७ देखि साझ ७ बजेसम्म जनताले गुनासोे र समस्या सिधै ‘हेलो सिएम’ कार्यक्रम मार्फत प्रदेश सरकार समक्ष राख्न पाउने व्यवस्था गरिएको छ । 
तर, परेका गुनासोेको सुनुवाई हुन नसक्दा ‘हेलो सिएम’ मा न्युन मात्रामा मात्रै गुनासोे परेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

प्रचारमा आउनका लागि कार्यक्रमको सुरुवात गरिएपनि उक्त कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि खास्सै पहल नगरिएको आरोप पनि लागेको छ । 

यस्तै, ‘हेलो सिएम’ कार्यक्रमबारे आम जनता पनि जानकार नरहेका बताईन्छ । आम जनतामा जानकारी पु¥याउन नसक्दा न्युन मात्रामा गुनासोे परेका जनाईएको छ ।