पुनःस्थापनापछि पहिलोपटक संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

पुनःस्थापनापछि पहिलोपटक संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रक्रिया आजै सुरु हुने बताएका छन् । आइतबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोल्दै सभामुख सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया आजै सुरु हुने बताएका हुन् ।

त्यस्तै आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, पूर्वसंविधानसभाका केही सांसदहरुको निधनमा शोक प्रस्ताव पास गर्ने, सरकारले पेस गरेका अध्यादेश टेबल हुन्छ र पहिलो बैठक समापन हुने उनले बताए ।

पहिलो बैठक सकिएको केहीबेरमा दोस्रो बैठक सुरु हुने र सोही बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।