निर्मलाका हत्यारा पक्राउ परिसकेको सूचना फेरि बाहिरियो, सत्य के हो?

निर्मलाका हत्यारा पक्राउ परिसकेको सूचना फेरि बाहिरियो, सत्य के हो?

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको भनेर प्रहरीबाटै फेरि सूचनाको चुहाबट भएको छ । केही सञ्चार माध्यमहरुले प्रहरी उच्च श्रोत उद्धृत गर्दै निर्मलाका हत्यारा पक्राउ परिसकेको र डिएनए समेत म्याच भइसकेको खबर प्रकाशन गरेका छन् ।

ती समाचारहरुमा निर्मलाका हत्यारालाई प्रहरीले एक दुई दिनमै काठमाडौँमा सार्वजनिक गर्ने तयारी गरेको उल्लेख गरिएको छ ।

तर कञ्चनपुर प्रहरीले भने यसबारे कुनै आधिकारिक सूचना जारी गरेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता कृष्णराज ओझाले घटना अनुसन्धानकै क्रममा रहेको बताए ।

‘केही सञ्चार माध्यमहरुमा हत्यारा पक्राउ परिसकेको खबर प्रकाशन भएको छ, तर हामी के भन्छौँ भने अहिलेसम्म घटनाको अनुसन्धान जारी छ, समाचार कसरी आयो त्यो उहाँहरुलाई नै थाहा होला,’ प्रवक्ता ओझाले भने । याे समाचार देश सञ्चार बाट लिइएकाे हाे ।