कैलालीको घोडाघोडी ४ मा एक जना मृत फेला

कैलालीको घोडाघोडी ४ मा एक जना मृत फेला

कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको घोडाघोडी नगरपालीका वडा न ४ सिमथरिका ४३ वर्षिय धन बहादुर रतोकि आफ्नै भाइको भैँसी बाँध्ने गोठमा मृत अवस्थामा फेला परेका हुन ।

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सागर बोहराका अनुसार मृतक रतोकी आफ्नै सहोदर भाइको भैँसी बाँध्ने गोठमा मृत फेला परेका हुन । प्रहरी नायव उपरिक्षक बोहराले घटना बुधरबार राति घटेको भएपनि आज विहान मात्रै जानकारी आएको बताए ।

उनले भने , "भैँसि बाध्ने गोठमा भएको हिलो सहितको आहालमा मृत भेटीएका थिए , शव पोष्टमार्टमको लागि धनगढी पठाइएको छ , पोष्टमार्टम रिपोर्ट पछि मात्रै यस बारेमा जानकारी हुने छ "।