धनगढी : माघ २१ गतेबाट धनगढीमा सुरु भएको सुदुर पश्चिम महोत्सवको आज छैटौ दिनमा दर्शकहरुको घुइचो लागेको छ । शनिबारको दिन भएकाले विभिन्न कर्मचारी र विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । महोत्सवमा आज विभिन्न स्थानीय तथा राष्टिय कलाकार रामचन्द्र काफ्ले, जुनु रिजाल लगायतले आफ्ना प्रस्तुती देखाएका थिए ।