कैलालीको लम्की चुहा नगरपालिका-३ बस्ने १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिका लाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय बालाराम बसुटेल लाई प्रहरीले पक्राउ गरेको छ ।
बालारामले माघ १९ गते बालिका लाई फकाई विवाह गर्छु भनि प्रलोभनमा पारी आफ्नै घरमा लुकाई छिपाई राखी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त बसुटेलविरुद्ध जिल्ला अदालतमा मुद्धा दर्ता भैसकेको र अदालतबाट थप अनुसन्धानको लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरी वलिले बताए ।