केही समेटिएका छन् केही छुटेका छन्
लाग्छ मौनता भित्र थुप्रै रहस्य लुकेका छन् ।
हिजो म आएको थिए पैसा फल्छ सम्झेर
आज खाडीमा उनिहरु पनि पुगेका छन्।
सालिक हुन भन्यो उसले बेस्सरी हिर्कायो
लाग्छ उनिहरु पनि भित्र कतै दुखेका छन्।
तिमी नचिच्याउ उसंग दुईतिहाइ बहुमतछ
यो सरकार हो सरकारका मान्छे सुतेका छन्।।