कैलालीमा भयावह बन्दै सम्बन्ध विच्छेद

कैलालीमा भयावह बन्दै सम्बन्ध विच्छेद

धनगढीः कैलालीमा पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ । पछिल्ला वर्षहरुमा जिल्ला अदालत कैलालीमा दर्ता भएका मुद्धाहरुको सख्यालाई हेर्दा सम्बन्ध विच्छेदले भयावह रुप लिन थालेको देखिएको छ ।

जिल्ला अदालतको तथ्याङक अनुसार सवैभन्दा बढी सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन । पछिल्ला दुई वर्षमा मात्रै जिल्लामा सम्बन्ध विच्छेदका घटनामा ६० प्रतिशतले वृदि भएको अदालतको तथ्याङकले देखाएको छ । 

आर्थिक वर्ष २०७२÷७३ मा जिल्लामा सम्बन्ध विच्छेदका १ सय ३१ मुद्धा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७३÷७४ मा बढेर १ सय ५१ मुदा दर्ता भएका छन । 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म मात्रै जिल्लामा गत दुई वर्षको भन्दा करिव ६० प्रतिशतले बृदि भई १ सय ९० सम्बन्ध विच्छेद्धका मुद्धा दर्ता भएको जिल्ला अदालत कैलालीकी निमित्त श्रेष्तेदार फणेश्वरी घिमिरेले जानकारी दिईन् ।

अदालतको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा जिल्लामा १ हजार १ सय ४९ मुद्धा दर्ता भएकोमा तिमध्ये सवै भन्दा बढी मुद्धा सम्बन्ध विच्छेदका दर्ता भएका छन । 

सम्बध विच्छेदको मुख्य कारण वैदेशिक रोजगार रहको जानकारहरु बताउछन । 

पुरुष वैदेशिक रोजगारीका लागि विदेशिनु, महिला शहरमा एक्लै बस्नु र पैसाको दुरुपयोग गर्दा सम्बन्ध विच्छेदका घटनामा वृदि भएको बताईएको छ । यसका साथै बालविबाहले पनि सम्बन्ध विच्छेदमा वृदि गराएको घिमिरेले बताईन् ।

यसका साथै सामाजिक सञ्जाल, ईन्टरनेट, मोवाईल, फोन लगायतले पनि सम्बन्ध विच्छेदका घटनामा वृदि गराएको छ । सानो–सानो विषयमा झगडा हुदा आवेगमा आएर समेत सम्बन्ध विच्छेद गरिने गरिएको छ । 

त्यसैले सम्बन्ध विच्छेदका घटनाको न्युनिकरणका लागि श्रीमान श्रीमतीविच विश्वास को वातावरण बन्न आवश्यक रहेको जानकारहरु बताउछन ।