गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि भन्दै प्रदेशका ८५ वटा पालिकाहरूलाई ५ लाख रुपैयाँका दरले रकम पठाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय भएको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनु भयो । स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनर्स्थापना लगायत प्रयोजनका लागि मात्र खर्च गर्ने उक्त रकम दिन लागिएको हो ।अन्य शीर्षका रकमहरुकबाट रकमान्तर गरेर उक्त रकमको व्यवस्थापन गरिने छ ।
प्रदेशका विभिन्न पालिकाहरूमा अहिले बाढी पहिरोको प्रकोप निकै बढेकोले प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उद्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग होस भनेर उक्त रकम दिने निर्णय गरिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
प्रदेशभरका विभिन्न जिल्लाहरूमा भएको क्षतिको विवरण सङ्कलन गरी आवश्यकता अनुसार उद्धार, राहत तथा पुनर्स्थापना गरिने उहाँको भनाइ छ ।