देशमा फेरि द्वन्द शुरु हुनसक्ने प्रचण्डको चेतावनी

देशमा फेरि द्वन्द शुरु हुनसक्ने प्रचण्डको चेतावनी

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि द्वन्द्व सुरु हुनसक्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारप्रति आक्रोश व्यक्त गर्दै यस्तो चेतावनी दिएका हुन् । 

उनी आफैै दुई तिहाई मत प्राप्त सरकारको नेतृत्व गरिरहेको दलका अध्यक्ष हुन् । तर, उनी आफैंले यस्तो चेतावनी दिएपछि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीचको सम्बन्ध राम्रो आशंका समेत बढ्नेगरी उनले यस्तो प्रतिक्रिया जनाएका हुन् । 

शुक्रबार राजधानीमा ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तक विमोचन गर्दै अध्यक्ष दाहालले संविधानमा उल्लेख गरिए अनुरुप कानुन निर्माण, सुरक्षा, बजेट सबै विषयमा सरकारले प्रदेश र स्थानीय तहको अधिकार संकुचन गरेको आरोप समेत प्रचण्डले लगाएका छन् ।

सो कार्यक्रममा प्रचण्डले शान्ति सम्झौता र संविधानको मर्म र भावनाविपरित अघि बढे देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिए ।

उनले शान्ति सम्झौतामा उल्लेख गरिए विपरित प्रहरीले द्वन्द्वकालीन मुद्दा भटाभट अगाडि बढाउन थालेको भन्दै उनले गम्भीर चिन्ता समेत व्यक्त गरे । अचम्मको कुरा त यो छ कि अहिले प्रहरी प्रशासनको नेतृत्व गर्ने गृहमन्त्री नै जनयुद्धका एक कमाण्डर एवं तत्कालीन माओवादी नेता रामबहादुर थापा छन् । 

उनले यतिमात्रै नभई उनले सरकारलाई पछिल्लो समय पुरानो संरचनालाई बलियो पार्ने र नयाँ संरचनालाई कमजोर पार्नेगरी कतिपय कदमहरु अगाडि बढेको भन्दै सरकारको काममा प्रश्न समेत खडा गरेका छन् ।

उनले सरकारले यो स्थिती अन्त्य नगरे मुलुकमा माओवादी युद्ध भन्दा पनि ठूलो युद्ध सुरु हुनसक्ने चेतावनी दिएका छन् । उनले त्यस्तो द्वन्द्व सुरु भयो भने नेपालले त्यसलाई कसरी व्यवस्थापन गर्न सक्छ ? भन्दै प्रश्न समेत गरेका छन् ।