मृतकका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा बिमा वाफतको रकम हस्तान्तरण

मृतकका परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्स द्धारा बिमा वाफतको रकम हस्तान्तरण

बझाङमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विमितका परिवारलाई बिमा वाफतको रकम प्रदान गरेको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनिमा बझाङको तल्कोट गाँउपालिका ५ का ईश्वर धरालाले १ लाख ५० हजारको १५ बर्षे जीवन बिमा गरेका थिए । धरालाले जीवन विमाको दुई किस्ता बाफत २० हजार रुपैया जम्मा गरेका थिए । विमित धरालाको २०७६ को कात्र्तिक महिनामा घाँस काटने क्रममा भिर बाट लडेर ज्यान गएको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनिले मृतकका परिवारलाइ विमा रकम उपलब्ध गराएको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रवन्धक दिपेन्द्र शाह र अधिकर्ता रुपा सिंहले मृतकका बुबा हरिलाल धरालालाई तीन लाख १२ हजार ९ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

छोराले संसार छोडेर गएपनि जीवन विमा गरेकाले बुढेस कालको साहारा बनेको विमितका बुबा हरिलाल धरालाले बताए