परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपित छोटु भनिने ‘देबनारायण मण्डल’ पक्राउ

परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपित छोटु भनिने ‘देबनारायण मण्डल’ पक्राउ

परीक्षा केन्द्रमा सामूहिक बलात्कार घटनाका मुख्य आरोपितलाई पक्राउ गरिएको छ । दुई वर्षअघि सप्तरीको रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च मावि परिसरमा सामूहिक बलात्कार घटनाका फरार देबनारायण मण्डललाई पक्राउ गरिएको छ ।

पक्राउ परेका आरोपित २५ वर्षीय मण्डल त्यहीँ गाउँपालिकाका हुन् । उनलाई छोटु भनेर बोलाउने गरिएको छ ।

पक्राउ परेका मण्डललाई जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलाशले पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको छ ।

यसअघि घटनाका आरोपित २० वर्षीय मुन्ना भनिने बेदप्रकाश मण्डललाई पक्राउसँगै सात वर्षका लागि जेल चलान गरिएको छ ।

छोटु र मुन्ना पक्राउ परेपनि अन्य आरोपितहरु पक्राउ परेका छैनन् । आरोतिहरुमा दिलिपकुमार खंग, आनन्द सरदार, ओमप्रकाश मण्डल, सुमित मण्डल र बिद्यानन्द सरदार फरार रहेका छन् ।

दुई वर्षअघि कक्षा ११ को परीक्षामा सहभागी भएकी गाउँपालिकाभन्दा बाहिरको युवतीलाई उनीहरुले सामूहिक बलात्कार गरेका थिए । ती युवती गाउँबाट आएर रुपनी गाउँपालिका–६ बिरेन्द्रबजारस्थित सानीआमाको घरमा बसि परीक्षा दिएकी थिइन् ।